Rule 12
निर्देशन दिन सक्ने

(१) नियम ११ बमोजिम निरीक्षण तथा जाँचबुझ गर्दा निरीक्षकले कुनै प्रसूति गृह, अस्पतालको प्रसूति तथा शिशु कक्ष, स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य व्यवसायीहरूको क्लीनिक वा कार्यालयमा वा अन्य कुनै स्वास्थ्य हेरचाह गर्ने निकायमा कुनै अनियमितता भएको देखिएमा त्यसलाई हटाउन वा त्यहाँ उपलब्ध गराइने सेवामा सुधार गर्नको निमित्त आवश्यक निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निरीक्षकले दिएको निर्देशन सम्बन्धित प्रसूति गृह, अस्पताल, स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य हेरचाह गर्ने निकायको प्रमुख तथा स्वास्थ्य व्यवसायीहरूले पालन गर्नु पर्नेछ ।